काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ।
बिहीबार (भदौ २७ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले उक्त प्रस्ताव आगामी साधारण सभाले स्वीकृत गरेपछि शेयर धनीलाई वितरण हुनेछ । अघिल्लो वर्षको नाफाबाट पनि कम्पनीले शेयर धनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ ।







