काठमाडौं। हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ आज मंगलबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आफ्नै कार्यालयंमा बिहान ९ बजे आइपीओ बाँडफाँट गर्न लागिएको हो । यसमा ३ करोड १२ लाख ५६ हजार ९२० कित्ताका लागि आवेदन परेको छ । यो मागभन्दा १२.८७ गुणा बढी आवेदन हो ।

यस कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०% अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसमध्ये २% अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।