काठमाडौं । तीन कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । आज स्वावलम्बन लघुवित्त, अरुण भ्याली हाइड्रोपावर र गुराँस लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।

गुराँस लघुवित्तको १ लाख ४४ हजार ४९५ कित्ता सेयर सूचीकृत भएको हो । यस कम्पनीले सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो ।

यस्तै स्वावलम्बन लघुवित्तले वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर बराबरको २ लाख ६६ हजार २५० कित्ता सेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको ११ लाख २० हजार ७७८ कित्ता बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । यस कम्पनीले वितरण गरेको ३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।