काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले जलविद्युत् क्षेत्रमा विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य विकृतिको रूपमा रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८० मा संशोधन प्रस्ताव पेस गर्दै सांसद शर्माले यस्तो बताएका हुन् ।
विद्युत् अनुमतिपत्र होल्ड गर्ने, लाइसेन्स लिने र बिक्री वितरण गर्ने कार्य कानुनी रूपमा अन्त्य गर्न आवश्यक रहेको उनको भनाई छ ।
जलविद्युत् उत्पादन अनुमतिको व्यवस्थालाई रोक्न सैद्धान्तिक रूपमा व्यवस्था गर्नुपर्ने भन्दै उनले पहिला पूर्वका खोलानदीमा लाइसेन्स दिने व्यवस्था रहेको र अहिले पश्चिमतिरका नदीखोलाहरूमा दिन थालिएको शर्माले बताए ।







