काठमाडौँ । नेपाल एसबीआई बैंकको आज बसेको वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ।
त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बसको बैंकको उक्त सभाले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुको साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गरेको छ । सभाले चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति पनि गरेको हो ।
बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु ३९९,००५, ७८६.७२ बराबर (चुक्ता पुँजीमा ३.८० प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफा र नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
बैंकले आ.व.२०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु। ८,८८७,१५३.१८ कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो खर्च अनुमोदन उक्त सभामा गरेको छ ।
सञ्चालकहरूलाई दिइने बैठक भत्ता तथा स्थानीय सञ्चालकहरूलाई प्रदान गरिने पत्रपत्रिका तथा समाचार सामग्री बापतको मासिक खर्च वृद्धि गर्न बैंकको नियमावलीको नियम २९ को उपनियम (ख) र (घ१) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ख्याउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्याउने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको छ ।







