काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । जसअनुसार २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ वटाले स्थिर राखेका छन् ।
औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर पुस महिनाका लागि ४.८३४ प्रतिशत भएको छ । मंसिरमा औसत ब्याजदर ५.०४ प्रतिशत रहेको थियो । औसतमा हेर्दा बैंकहरुको ब्याजदर ०.२०६५ विन्दुले घटको छ ।
कृषि विकास बैंक
कृषि विकास बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
कुमारी बैंक
कुमारी बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५३ संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले मंसिर महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९१ प्रतिशत र संस्थागतर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
स्ट्यान्डर्ड चाटर्ड बैंक
स्ट्यान्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले पुस महिनाका व्यक्तिगततर्फ अधिकतम ४.६ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४.७ प्रतिशत ब्याज दिएको थियो ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ र संस्थागतको ३.५ प्रतिशत कायम गरेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
नबिल बैंक
नबिल बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.५५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर दिएको थियो ।
ग्लोबल आइएमई बैंक
बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.८ प्रतिशत र संस्थागततर्फ ३.८ प्रतिशत ब्याजदर दिएको थियो ।
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर दिएको थियो ।
सानिमा बैंक
सानिमा बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ । मंसिर महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको थियो ।
एभरेष्ट बैंक
बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.७५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने भएको छ ।
प्रभु बैंक
प्रभु बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ। बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत कायम थियो ।
नेपाल बैंक लिमिटेड
बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.१ प्रतिशत र संस्थागत तर्फको ३.२५ प्रतिशत ब्याजदर तोकेका छ । मंसिर महिनाका लागि भने व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.२५ प्रतिशत कायम थियो ।
यता, निक्षेपमा ७ वाणिज्य बैंकले भने मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा मंसिर महिनाकै दरलाई निरन्तरता दिएका हुन् ।







