काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटडले चालु आर्थिक वर्षको फागुन महिनामा कुल ६८ वटा बीमा दावी वापत चार करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको छ । जसमा कम्पनीले टर्म पोलिसी वापत २४ र कन्भेन्सनल पोलिसी वापत १४ वटा,फरेन इम्प्लोइमेन्ट पोेलिसी वापत ३० गरी कुल ६८ वटा दावी भुक्तानी वितरण गरेको हो।
कम्पनीले दाबी परेको छोटो समयमा ग्राहकहरुलाई झन्झटरहित सेवा प्रदान गर्ने मुख्य उद्देश्य अनुसार दावी भुक्तानी वितरण गरेको जनाएको छ । कम्पनीले सुरुवाती देखिनै आफ्ना बीमितहरुलाई सहज र सरल तरीकाले बीमा दावी वितरण गर्दै आइरहेको छ ।







