काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारणसभा बोलाएको छ। संस्थाले सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्ने भएको छ ।

सभा आगामी वैशाख १९ गते शुक्रबार तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभाले गत आर्थिक वर्ष (आव) को वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

साथै,रिक्त सञ्चालक पदमा मनोनयन गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने र सोही बमोजि प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा वैशाख १० गतेसम्म कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।