काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष कम्पनीले गरेको खुद नाफाभन्दा यो ४७.६७ प्रतिशतले कम हो । गत वर्ष हाथवेले ७ करोड ५० लाख रुपैयाँ खुद नाफा बनाएको थियो ।
चैत सम्म आइपुग्दा कम्पनीको सञ्चालन आम्दानी घटेसँगै कम्पनी नाफामा गिरावट आएको हो । यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी २३ करोड ३९ लाखबाट घटेर १० करोडमा झरेको छ ।
यसको वित्तीय खर्च पनि ३ करोड ५९ लाखबाट घटेर ३ करोड १ लाख कायम भएको छ । १ अर्ब ४१ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा २८ करोड ६२ लाख रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ७८.३३ रुपैयाँ छ ।
कम्पनीको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा रहेकामा हाल उक्त आम्दानी १ रुपैयाँ ८५ पैसामा झरेको हो ।







