बेलबारी (मोरङ) । कोशी प्रदेश सरकारले प्रदेश राजधानी विराटनगरमा आजदेखि दुई दिने लगानी सम्मेलन आयोजना गर्दैछ । यस सम्मेलनले यहाँ लगानीको वातावरण बनाउन सहयोग पुग्ने भन्दै व्यवसायीहरु उत्साहित भएका छन् ।

प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशलाई नेपालकै अर्थतन्त्रको मेरुदण्डका रुपमा हेर्न गरिएको छ ।

सगरमाथाको काखदेखी तराईको उर्वर भूमिसम्म फैलिएको प्रदेशमा लगानी सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको स्वर्णिम अवसर प्रदान गर्ने व्यवसायीहरुको बुझाइ छ । कोभिड १९ पछि थलिएको क्षेत्रलाई सम्मेलनले उत्साह ल्याएको व्यवासायीहरुको भनाइ छ ।

प्राकृतिक सम्पदा, उत्पादन, आय र रोजगारीका असीमित सम्भावना र रणनीतिक अवस्थितिका कारण यो प्रदेशलाई नेपालकै अर्थतन्त्रको मेरुदण्डका पमा हेर्न गरिएको छ ।

सगरमाथाको काखदेखी तराईको उर्वर भूमिसम्म फैलिएको प्रदेशमा लगानी सम्मेलनले कृषि, पर्यटन, जलविद्युत् र औद्योगिक विकासका क्षेत्रमा लगानीको स्वर्णिम अवसर प्रदान गर्ने व्यवसायीहरुको बुझाइ छ । कोभिड १९ पछि थलिएको क्षेत्रलाई सम्मेलनले उत्साह ल्याएको व्यवासायीहरुको भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत सम्मेलनले समग्र निजी क्षेत्रमा उत्साह ल्याएको बताए । सम्मेलनमार्फत बन्ने लगानीको वातावरणले कोशीको आर्थिक पुनरोत्थान मात्र नभई समग्र नेपालको समृद्धिको आधार तयार उनको विश्वास छ ।

“अर्थतन्त्र शिथिल छ । लगानीको अवस्था बनिरहेको छैन । व्यवसायीहरु निराश बन्ने अवस्था छ । यही बेला हुन लागेको सम्मेलनले पक्कै पनि आशाको सञ्चार गर्नेछ”, अध्यक्ष राउन भने,“प्रशासनिक झञ्झट, ढिलाइ, बजारको पहुँच र जमिन उपलब्धताको समस्या समाधानका लागि स्थायी संवाद मञ्च स्थापना, साना उद्यमीलाई बजारीकरणमा सहयोग र युवाहरुको सीप विकास निजी क्षेत्रका प्रमुख प्राथमिकता हुन् । सम्मेलनमा यस विषयमा पनि बृहत् छलफल हुने विश्वास छ ।”

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारदा पनि बिहीबारदेखि हुने लगानी सम्मेलनले शिथिल अवस्थामा रहेको व्यवसाय क्षेत्रलाई चलायमान बनाउने आशा व्यक्त गरे । राज्यले हाल भइरहेका समस्या समाधानका लागि पहल गर्ने र व्यवसायीका कुरा कुरा सुन्छ भनेर आफूहरु उत्साहित भएको उनको भनाइ छ ।

बुधबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरु सोकेसिङ गर्ने उल्लेख गरेपछि व्यवसायी थप उत्साहित भएका छन् । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रहरु छन् । लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा सरोज कोइरालाले लगानी सम्मेलनकै क्रममा दुई दर्जनभन्दा बढी परियोजनामा सम्झौता ९एमओयु० हुने जानकारी दिए ।

सम्मेलनमा कृषि र पर्यटनमा कोशी प्रदेशको सम्भावना, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास र ऊर्जा, स्वास्थ्य सेवा र मेडिकल शिक्षामा लगानीका अवसर र सम्भावनाका विषयमा छलफल हुनेछ ।

साथै, पहिलो दिनको मुख्यसत्रमा कोशी प्रदेशका हकमा लगानीमैत्री वातावरण र तीन तहका सरकारहरु बीचको अन्तरसम्बन्धका विषयमा विज्ञहरु र जनप्रतिनिधिहरुबाट धारणा प्रस्तुत हुने आयोजकले जनाएको छ । रासस