काठमाडौँं । महावीर हेल्थ फाउण्डेशनको आयोजना र गुफिक बायोसाइन्सेस लिमिटेड, भारतको सहर्कायमा काठमाण्डौंमा बोटुलिनम टक्सिनको प्रयोग सम्बन्धि कार्यपत्र र विधि बारे एक कार्यक्रमको आयोजना गरियो ।
उक्त कार्यक्रममा विभिन्न अस्पतालका छाला रोग विशेषज्ञ, स्नायू नेत्र विशेषज्ञ चिकित्सकहरुको उपस्थिती रहेको थियो ।
बोटुलिनम टक्सिनको प्रयोग सौन्दर्यता वृद्घि र विभिन्न प्रकारका नशा सम्बन्धि रोग जस्तो कि आँखा फर- फराउने (ब्लेफारोस्पाजम), हेमिफेसियल स्पाजम, डिस्टोनियामा हुने र यसको प्रयोग गर्ने विधिको बारेमा नेपालका वरिष्ठ नशा रोग विशेषज्ञ डा। अविनाश चन्द्रले प्रकाश पार्नु भएको थियो ।
महावीर हेल्थ फाउण्डेशनका अध्यक्ष दिपक भट्टाचार्यले यस प्रकारको गोष्ठीहरु आगामी दिनमा पनि आयोजना गर्ने बताउनुभयो ।
गुफिक बायोसाइन्सेस लि. का बजार प्रबन्धक योगेन्द्र श्रेष्ठले पनि आफ्नो धारणा राख्नुभएको थियो ।








