काठमाडौं । गभर्नर बन्ने पक्का भए पछि गभर्नर छनोट सिफारिस समितिबाट विश्व पौडेलले दिए राजीनामा दिएका छन् । आइतबार साँझ पौडेलले अर्थमन्त्री तथा छनोट समितिका संयोजक विष्णु पौडेलमार्फत मन्त्रिपरिषद् समक्ष राजीनामा बुझाएको अर्थमन्त्रालयले जानकारी दिएको छ ।

नेपाली काँग्रेसले पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरको रुपमा अघि सारेको छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटमा देउवाले पौडेललाई गभर्नरको रुपमा नियुक्त गर्न प्रस्ताव गरेका थिए ।

गभर्नर बन्ने दौडमा रहेका कामु गभर्नर निलम ढुंगाना, राजीनामा दिएर बसेका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाममा सहमती हुन सकेको थिएन । ज्ञानेन्द्र ढुंगाना, डा. प्रकाश श्रेष्ठले पनि गभर्नर बन्ने योजना सहित आफ्नो पुर्व जिम्मेवारीबाट राजीनामा दिएका थिए ।