काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको २ अर्ब ७१ करोड ८५ लाख रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमार्फत लगानी गर्ने भएको छ।
केन्द्रीय बैंकका अनुसार, उक्त रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा मुद्दति निक्षेपको रूपमा लगानी गरिनेछ।
विस्तृत विवरण अनुसार
वाणिज्य बैंक : २ अर्ब १७ करोड ४९ लाख रुपैयाँ
विकास बैंक : ४० करोड ७७ लाख रुपैयाँ
वित्त कम्पनी : १३ करोड ५९ लाख रुपैयाँ
राष्ट्र बैंकले जनाएको छ कि यी रकम ३ नोभेम्बर २०२५ देखि २३ नोभेम्बर २०२६ सम्म ३६६ दिनको मुद्दति निक्षेपमा लगानी गरिनेछ।
मुद्दति निक्षेपमा सहभागी हुन चाहने बैंक वा वित्तीय संस्थाले निम्न सर्तहरू पूरा गर्नु पर्नेछ :
सञ्चालनमा कम्तीमा दुई वर्ष पूरा भएको हुनु
राष्ट्र बैंकद्वारा तोकिएको न्यूनतम पुँजीकोष कायम गर्नु
निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम हुनु
खुद तरल सम्पत्ति न्यूनतम सीमा अनुसार कायम हुनु
कर्जा÷निक्षेप अनुपात निर्धारित सीमाभित्र हुनु
अघिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहनु
साथै, निक्षेप लगानी गरिने संस्थाका कुनै पनि सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत ९ऋभ्इ० ले राष्ट्र बैंकबाट जरिवाना भुक्तान गरेको भए, कम्तीमा ६ महिना बितिसकेको हुनुपर्नेछ। यदि संस्था शीघ्र सुधारात्मक कारबाही अन्तर्गत परेको थियो भने फुकुवा भएको ६ महिना पूरा भएको हुनुपर्ने छ।
त्यस्तै, राष्ट्र बैंकको कारबाहीमा परेको वा समस्याग्रस्त घोषणा गरिएको संस्थाले फुकुवा भएको कम्तीमा ६ महिना बितिसकेको हुनुपर्नेछ र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिएको हुनुपर्ने छ। नेपाल राष्ट्र बैंकका अनुसार मुद्दति निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले कार्तिक २३ गते भित्र ब्याजदर प्रस्ताव पेश गर्नु पर्नेछ।







