काठमाडौँ । नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पनि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाखर भट्टको राजीनामा अस्वीकृत गरेका छन् । डा. पौडेलले डा. भट्टलाई जेठ १२ गतेदेखि लागू हुने गरी गभर्नरको कार्यालयमा सरुवा गरेका हुन् । सोसँगै भट्टले दिएको राजीनामा अस्वीकृत भएको बुझिएको छ ।
सत्तारुढ दलमध्येको एक नेपाली कांग्रेसले सुरुमा डा. भट्टलाई गभर्नरका लागि सिफारिस गरेको थियो । त्यसमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहमत देखिएका थिए । तर पछि भट्टलाई लिएर कुरा नमिलेपछि कांग्रेसले डा. पौडेलको नाम दिएको थियो । गभर्नर सिफारीस समितिको सदस्य समेत रहेका पौडेलले समितिबाट राजीनामा दिएपछि गभर्नरमा नियुक्त गरिएको थियो ।
यसअघि कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले भट्टको राजीनामालाई स्वीकृत नगरी रोकेर राखेकी थिइन् ।
यस्तै आर्थिक अनुसन्धान विभागमा डा. रामशरण खरेललाई लगिएको छ भने मानव संशाधन विभागमा विश्रुत थापाको सरुवा भएको छ ।






