काठमाडौं । गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड २५ लाख रुपैयाँ घाटा व्यहोरेको सर्वोत्तम सिमेन्ट यस आर्थिक वर्षको पहिलो त्रैमासमै उल्लेखनीय रूपमा नाफामा फर्किएको छ। बिक्री आम्दानीमा आएको ठूलो सुधारले कम्पनीको वित्तीय स्वास्थ्यमा सकारात्मक मोड ल्याएको हो।

कम्पनीले चालू आर्थिक वर्षका पहिलो तीन महिनामा ३२ करोड ४२ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। यो नाफा विगतको घाटामाथि ठूलो उल्म्घनका रूपमा देखिएको छ। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.७७ प्रतिशतले बढेर १ अर्ब ९७ करोड ५७ लाख ४७ हजार रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो आम्दानी १ अर्ब ४५ करोड रुपैयाँ मात्र थियो।

कम्पनीका अन्य मुख्य सूचकहरू 

कम्पनीको कुल नाफा ४०८.८१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा वित्तीय खर्च १५.९१ प्रतिशतले घटेको छ।

भने कुल खर्च ८१.८९ प्रतिशतले बढेको रिपोर्ट गरिएको छ।

त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २६ रुपैयाँ ७ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ २०८ रुपैयाँ ११ पैसा छ भने मूल्य–आम्दानी अनुपात ३१.९१ गुणा रहेको छ।