काठमाडौं । एनएमबि बैंक लिमिटेडले पुस २४ गते साधारण सभा बोलाएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभंश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
सभा प्रयोजनाको लागि एनएमबि बैंकले पुस ९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।






