काठमाडौं। सरकारले नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई दिएको छ। (आज) सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत पौडेललाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्ने गरी तोक्ने निर्णय भएको जानकारी दिए।

बीमा सूचना केन्द्रका यस्ता छन् फाइदा, खर्च कटौती देखी लिएर ठगी रोक्नेसम्म

नेपालको बीमा क्षेत्रको नियामक निकायका रूपमा रहेको नेपाल बीमा प्राधिकरणले बीमा व्यवसायको नियमन, अनुगमन तथा प्रवर्द्धन गर्ने जिम्मेवारी पाउँदै आएको छ। अध्यक्ष नियुक्तिसँगै पौडेलले बीमा कम्पनीहरूको सुशासन, वित्तीय स्थायित्व तथा उपभोक्ता हित संरक्षणमा केन्द्रित रही काम गर्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले घाँटी निमोठेको बैंकासुरेन्स : विश्वभर अभ्यासमा, नेपालमा भने प्रतिबन्ध

सरकारी सेवामा लामो अनुभव हासिल गरेकी पौडेल प्रशासनिक सुधार, नीति निर्माण तथा कार्यान्वयनमा दक्ष मानिन्छिन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवका रूपमा कार्यरत रहँदा उनले कर्मचारी व्यवस्थापन, संघीय संरचनासँग सम्बन्धित नीति सुधार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

सरकारले अर्को व्यवस्था नहुँदासम्मका लागि पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको भए पनि उनको नेतृत्वमा प्राधिकरणले नीतिगत स्थिरता र नियामकीय प्रभावकारिता बढाउने विश्वास गरिएको छ।

उपभोक्ताहरुको मन जित्दै जिली EX5 ,पहाडी तथा दुर्गम क्षेत्रका सडकहरूमा पनि सहज रूपमा चल्ने (भिडियो)