काठमाडौं । बीमा प्राधिकरण अध्यक्षका लागि आवेदन खुलेको छ । ७ दिनको म्याद राखेर सिफारिस समितिले सूचना जारी गरेको हो ।

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित मन्त्रिपरिषदले भदौ ९ गते  सिफारिस समिति गठन गरेको थियो ।

समितिमा राष्ट्रिय योजना आयोगका सदस्य शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा खोमराज खरेल छन् ।

सूचना अनुसार इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य खामवन्दी आवेदन दिनु पर्नेछ ।