काठमाडौँ। बालेन्द्र शाह (बालेन)को नेतृत्वमा करिब दुईतिहाइ बहुमतसहितको सरकार गठन भएसँगै सेयर बजार खुलेको पहिलो दिन नेप्से परिसूचक सकारात्मक देखिएको छ ।

प्रि–ओपन सेसनमै नेप्से परिसूचक करिब ९ अंकले उकालो लागेको छ। यस अवधिमा कारोबारमा आएका कम्पनीहरूमध्ये ७७ वटाको सेयर मूल्य बढेको छ भने ३४ वटाको घटेको र ३३ वटाको मूल्य स्थिर रहेको देखिएको छ।

त्यसैगरी, प्रि–ओपन सेसनमै करिब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको तथ्यांक सार्वजनिक भएको छ।