काठमाडौं। साताको दोस्रो कारोबार दिन आज पनि सेयर बजारमा भारी गिरावट देखिएको छ।
सोमबार नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ मा पुगेको छ। सो दिन कुल ३ करोड १६ लाख ६ हजार कित्ता सेयर १२ अर्ब ९६ करोड ६६ लाख रुपैयाँमा कारोबार भएका छन्।
आज २६ वटा कम्पनीको सेयर मूल्य बढ्दा, २३७ कम्पनीको मूल्य घटेको र ५ कम्पनीको स्थिर रहेको छ।
विशेष गरी रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन्नमा १० प्रतिशतसम्म, सुपर खुदी हाइड्रोपावरमा ९.९९ प्रतिशत, र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकमा ९.९८ प्रतिशतसम्म सर्किट ब्रेक लागेको छ।







