काठमाडौं। प्रधानमन्त्री बालेन्द्र साह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन्। सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा नेपालका प्रधानमन्त्री बालेन साहको नाम पनि समेटिएको हो।

३५ वर्षीय शाह फागुन २१ मा सम्पन्न निर्वाचनको विजयपछि नेपालको प्रधानमन्त्री बन्न सफल भएका थिए। उनको ऐतिहासिक जित विशेषगरी युवापुस्ताको व्यापक समर्थन र अघिल्लो वर्ष भएको जनआन्दोलनको प्रभावले सम्भव भएको टाइमले विश्लेषण गरेको छ ।

बालेन साहलाई ‘नेता क्याटोगोरी’मा टाइम म्यागजिनले समेटेको हो। टाइम म्यागजिन बेलायतबाट प्रकाशित हुने गर्दछ । म्यागजिनले सार्वजनिक गरेको रिपोर्टमा प्रधानमन्त्री साहको नाम समेटिएको छ। टाइमले विश्वका शक्तिशाली राजनीतिज्ञ, कलाकार र चिन्तकहरूको सूची सार्वजनि गर्दै आएको छ। विश्वका २४ प्रभावशाली नेताको सूचीमा बालेन पनि समेटिएका छ।

टाइमको लेखमा भनिएको छ, ‘बालेनको उदयले नेपालको ३ करोड जनसंख्याको नेतृत्व मात्र गरेको छैन, यसले पुरानो राजनीतिक शैलीलाई पूर्णतः अस्वीकार गरेको छ।’

सिभिल इन्जिनियरिङमा स्नातक गरेका शाहले काठमाडौंको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेको सुधारलाई राष्ट्रिय तहमा लैजाने चुनौती रहेको उल्लेख गरेको छ।