काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधि सभामा बहुमत रहेको दलको नेताको हैसियतमा उनलाई सरकार प्रमुखको जिम्मेवारी दिइएको हो।
नेपालको संविधान २०७२ लागू भएयता उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक मानिएको हो। साथै, मधेशी समुदायबाट प्रधानमन्त्री बन्ने पनि यो पहिलो पटक हो।
काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका शाहले फागुन २१ मा सम्पन्न निर्वाचनमा भाग लिएका थिए। संसद्मा पहिलोपटक प्रवेश गरे लगत्तै उनी प्रधानमन्त्री बनेका हुन्।







