Screenshot

काठमाडौं। एप्पलका सीईओ टिम कुकले राजीनामा दिएका छन्। एप्पलले २०२६ सेप्टेम्बर १ देखि टिम कुकलाई कम्पनीको निर्देशक बोर्डको कार्यकारी अध्यक्ष बनाउने घोषणा गरेपछि उनले राजीनामा दिएका हुन्।

हाल हार्डवेयर इन्जिनियरिङका वरिष्ठ उपाध्यक्ष जोन टर्नस नयाँ सीईओ हुनेछन्। स्टिभ जब्सपछि सीईओ बनेका टिम कुकको लगभग १५ वर्षको कार्यकाल अब समाप्त हुँदैछ।

टिम कुक सन् १९९८ मा एप्पलमा प्रवेश गरेका थिए । त्यतिबेला कम्पनी विभिन्न कठिनाइबाट गुज्रिरहेको थियो । एप्पलका संस्थापक स्टीब जब्सले कुकलाई एप्पलको सञ्चालन टोलीलाई नयाँ दिशामा लैजान नियुक्त गरेका थिए । २४ अगस्ट २०११ मा स्टीब जब्सले पद छोडेपछि टिम कुकले नेतृत्व सम्हालेका थिए ।