काठमाडौं । तारकेश्वर नगरपालिकामा कबिर सन्त सत्सङ मन्दिरको उद्घाटन तथा कबिर योग साधना वार्षिक उत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपमेयर सृजना बुर्लाकोटी प्रमुख अतिथिका रूपमा उपस्थित रहिन् भने वडा नम्बर ३ का अध्यक्ष परशुराम अर्याल लगायत विभिन्न व्यक्तित्व तथा साहेवहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले धार्मिक, सामाजिक तथा आध्यात्मिक महत्वका विषयमा प्रवचन दिएका थिए।
कार्यक्रममा कबिर दर्शन, योग साधना र नैतिक जीवनशैलीको महत्वबारे चर्चा गरिएको थियो। आयोजकले यस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा र सद्भाव फैलाउने विश्वास व्यक्त गरेका छन्।








