काठमाडौं। सीमासम्बन्धी विषयका विज्ञ बुद्धिनारायण श्रेष्ठको फेसबुक खाता अचानक निष्क्रिय भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको भूभागमा पर्ने दाबी गर्दै पुरानो नक्सा सार्वजनिक गरेपछि उनको एकाउन्ट निष्क्रिय भएको बताइएको छ ।

श्रेष्ठका अनुसार शनिबारदेखि फेसबुक प्रयोग गर्न नसकिएको मात्र होइन, म्यासेञ्जर सेवा पनि बन्दजस्तै भएको छ। उनले १८१६ को सुगाौली सन्धि अनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा नै भएको देखाउने नक्सा पोस्ट गरेपछि समस्या आएको बताए।

उक्त पोस्टपछि छिमेकी देशबाट रिपोर्ट गरिएको सूचना आएको उनले बताएका छन् । यसका कारण अहिले उनी आफ्ना साथीहरूसँग म्यासेञ्जरमार्फत सम्पर्क गर्न नसकेको उनले जानकारी दिए।

केही दिन अघि हर्क साङ्पाङको फेसबुक खाता पनि हराएको थियो, जुन पछि पुनः सञ्चालनमा आएको थियो।