काठमाडौं । नेपालमा अवैध मानिने क्रिप्टोकरेन्सीबाट कारोबार गरेको आरोप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भई काठमाडौं टोखा बस्ने ५४ वर्षीय शनि भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार बिहान टोखाबाट पक्राउ गरेको हो ।
क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । पक्राउ परेका भण्डारीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ ।