काठमाडौँ । साताको अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजेटमा उचित ढङ्गले लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा मार्केट सुधारमा समस्या देखिएको छ ।

आज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा कायम भएको छ। साताको अन्तिम कारोबारको दिन ३११ कम्पनीको ९८ लाख ६४ हजार ४८२ कित्ता शेयर किनबेच हुँदा४ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको १.७२ प्रतिशत, विकास बैंक समूहको ०.९७ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५३ प्रतिशत, इन्भेष्टमेन्ट समूहको १.१७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्सको ५५६ रुपैयाँका दरले १९ करोड ४५ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, आज नगदी ग्रुप पावरको १५ करोड ३० लाख रुपैयाँ, जानकी फाइनान्सको १२ करोड तीन लाख रुपैयाँले शेयर कारोबार भएको छ ।