काठमाडौँ । गत बिहीबार बसेको मन्त्रिपरिषद्को बसेको बैठकका निर्णय सार्वजनिक भएको छ। सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो- करिब ३ अर्ब ६७ करोड ४७ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
जर्मनी सरकारबाट प्राप्त हुने १० मिलियन युरो (करिब १ अर्ब ४६ करोड ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काठमाडौं–तराई- मधेस द्रुतमार्ग सडक आयोजनाको लागि अधिग्रहण गर्न बाँकी जग्गामा मुआब्जामा लाग्ने पुँजीगत लाभकर आर्थिक ऐन २०८१ को दफा १८९१० बमोजिम छुट दिन स्वीकृति दिने लगायतका निर्णयहरू गरेको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरू







