काठमाडौँ । मंगलबार सुनको मूल्यमा वृद्धि देखिएको छ । आज सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि भने सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँ कायम थियो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढ्दै ५ हजार १६० रुपैयाँमा किनबेच भइरहेको छ।







