काठमाडौं। सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन महँगिएको हो।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेकोमा आइतबार बढेर ३ लाख १ हजार रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। शुक्रबार प्रतितोला ५ हजार १ सय ३० रुपैयाँ रहेको चाँदीको भाउ आइतबार बढेर ५ हजार २ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको हो भने चाँदीको मूल्य ९५ रुपैयाँले वृद्धि भएको हो।







