काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ घटेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि भने सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदी प्रतितोला १५० रुपैयाँले सस्तो भई ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।