काठमाडौँ। नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य उकालो लागेको छ। मंगलबार प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २ हजार ९ सय रुपैयाँले वृद्धि भई प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । मंगलबार प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोला ५ हजार २२० रुपैयाँ कायम भएको छ।






