काठमाडौं। अग्रणी FMCG समूह तथा मल्टी-बिजनेस कर्पोरेसन धरमपाल सत्यपाल समूह (डीएस ग्रुप) अन्तर्गतको लोकप्रिय ब्रान्ड ‘क्याच स्पाइसेस’ले नेपालमा रिटेल तथा HoReCa (होटल, रेस्टुरेन्ट र क्याटरिङ) क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउने रणनीतिक योजना घोषणा गरेको छ। उक्त घोषणा यहि २२ देखि २५ अप्रिल २०२६ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजित GAI Food & Beverage and Hospitality 2026 को ११औँ संस्करणमा गरिएको हो, जहाँ ब्रान्डले डायमण्ड स्पोन्सरको रूपमा सहभागिता जनाएको छ।
यो कदमलाई ब्रान्डले नेपालमा क्याच स्पाइसेसको विकासको अर्को चरणको रुपमा हेरेको छ। यसले वितरण सञ्जाल विस्तार गर्ने, बजारमा पहुँच बढाउने तथा रिटेल र फूड सर्भिस क्षेत्रका साझेदारहरूसँग थप मजबुत सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको छ। मसला बजारमा विश्वसनीय नामको रूपमा आफ्नो स्थानलाई थप सुदृढ गर्दै क्याच स्पाइसेसले घरेलु उपभोक्ता र व्यवसायिक किचेन दुवैका आवश्यकतासँग आफूलाई समायोजन गरिरहेको छ।
कार्यक्रममा क्याच स्पाइसेसले स्टल नं. B124, B125, B119 र B120 मा आफ्ना विभिन्न मसला उत्पादनहरू प्रदर्शन गर्दै गुणस्तर र इनोभेसन प्रस्तुत गरिरहेको छ। यस अवसरमा डीएस ग्रुप, क्याच स्पाइसेसका बिजनेस हेड श्री सन्दीप घोषले भन्नुभयो, “नेपालमा रणनीतिक विस्तारले यहाँको प्याकेज्ड मसला उद्योगको रिटेल नेटवर्कमा हाम्रो उपस्थितिलाई थप गहिरो बनाउने लक्ष्य राखेको छ। यसबाट चालु आर्थिक वर्षको अन्त्यसम्ममा उल्लेखनीय बजार पहुँच हासिल गर्ने हाम्रो योजना छ।
स्वाद, सुगन्ध र रङमा स्थायित्वको बढ्दो मागलाई सम्बोधन गर्ने प्रतिबद्धता सहित क्याच स्पाइसेसले स्थानीय स्वादअनुसार तयार गरिएका विविध उत्पादनहरू उपलब्ध गराउँछ। यो विकास यात्रालाई केवल रिटेलमा सीमित नराखी, सन् २०२६-२७ आर्थिक वर्षको अन्त्यसम्म नेपालका प्रमुख फूड सर्भिस क्षेत्रमा समेत सशक्त उपस्थिति स्थापना गर्ने हाम्रो लक्ष्य छ। यसले देशभरका घरपरिवार र व्यवसायिक किचेनका लागि गुणस्तरको मानकको रूपमा हाम्रो पहिचानलाई अझ मजबुत बनाउनेछ।”
क्याच स्पाइसेसको उपस्थितिको प्रमुख आकर्षणमध्ये अन्तर्राष्ट्रिय स्तरका प्रख्यात शेफ तथा नेपालका लागि ब्रान्ड एम्बेसडर सन्तोष शाहद्वारा २२ र २३ अप्रिलमा सञ्चालन गरिने विशेष लाइभ कुकिङ सेसनहरू रहेका छन्, जहाँ उहाँले क्याच स्पाइसेस प्रयोग गरी आफ्ना विशेष परिकारहरू प्रस्तुत गर्नुहुनेछ र आधुनिक HoReCa प्रयोगका लागि यसको बहुपयोगिता पनि देखाउनुहुनेछ। GAI 2026 मा सहभागिता मार्फत क्याच स्पाइसेसले शेफ, वितरक तथा फूड सर्भिस साझेदारहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ।
साथै, नेपालमा आफ्नो रिटेल नेटवर्क विस्तार गर्दै HoReCa क्षेत्रमा बलियो उपस्थिति निर्माण गर्न पनि केन्द्रित छ। क्याच स्पाइसेसले नेपालभर पाककलाको अनुभवलाई उचाइमा पुर्याउने साझेदारको रूपमा आफूलाई स्थापित गर्दै आएको छ। यो ब्रान्ड भाटभटेनी स्टोर्स जस्ता आधुनिक स्टोरहरू, खुद्रा पसलहरू, नेपाल सेनाका क्यान्टिन तथा दराजजस्ता इ–कमर्स प्लेटफर्ममार्फत पनि सर्वत्र उपलब्ध छ।
डीएस ग्रुपको बारेमा
डीएस ग्रुप (धरमपाल सत्यपाल समूह) एक अग्रणी FMCG समूह तथा मल्टी-बिजनेस कर्पोरेसन हो, जसको भारत र अन्तर्राष्ट्रिय बजारमा सशक्त उपस्थिति रहेको छ। सन् १९२९ मा स्थापना भएको यस समूहले समृद्ध इतिहास र दूरदर्शी विकासलाई संयोजन गर्दै प्रेरणादायी व्यावसायिक यात्रा तय गरेको छ।
यस समूह अन्तर्गत खाद्य तथा पेय पदार्थ, कन्फेक्शनरी, माउथ फ्रेशनर, हस्पिटालिटी, कृषि, लक्जरी, रिटेल लगायतका विभिन्न क्षेत्रमा यसको विस्तृत र विविध पोर्टफोलियो रहेको छ। क्याच, पल्स, पास पास, सिल्भर पर्ल्स, क्षीर, रजनीगन्धा, ओभिनो, ल’ओपेरा, ले मार्चे, बर्थराइट, लभइट, चिङ्गल्स, गोलमोल, नमः लगायत ब्रान्डहरू रहेका छन्।
संस्थागत रूपमा, डीएस ग्रुप समाजप्रति योगदान गर्ने र वातावरण संरक्षण गर्ने उद्देश्य सहितका स्पष्ट मूल्यहरूमा आधारित छ। यसको मुख्यालयले US Green Building Council (USGBC) अन्तर्गतको LEED (Leadership in Energy and Environmental Design) प्लाटिनम प्रमाणपत्र (O&M प्रोग्राम भर्सन ४.०) प्राप्त गरेको छ। साथै, DS मुख्यालयले USGBC बाट LEED Zero Carbon प्रमाणपत्र पनि प्राप्त गरेको छ।
यो समूहले आफ्नो वित्तीय प्रदर्शनलाई विश्वव्यापी ESG प्राथमिकतासँग समन्वय गर्दै सबै व्यवसायहरूमा ‘डबल मटेरियालिटी एसेसमेन्ट’ सुरु गरेको छ। वातावरणीय नेतृत्वको थप उदाहरणका रुपमा, भारतका ३० स्थानमा रहेका आफ्ना बिजनेस युनिटहरूमा डीएस ग्रुपले १.८ को वाटर पोजिटिभिटी सूचकांक हासिल गरेको छ। थप जानकारीका लागि www.dsgroup.com मा जानुहोस्।







