काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालयको लागि कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न तीन पदमा कर्मचारी माग गरेको हो ।
आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै कम्पनीले एचआर म्यानेजर, लोजीस्टीक्स एण्ड एडमीन म्यानेजर र कमुनीकेशन एण्ड कस्टोमर सर्भिस अफिसर पदमा एक जनाका दरले कर्मचारी माग गरेको छ।
कम्पनीका अनुसार सो पदहरूमा आवेदन दिनको लागि उम्मेदवारहरूले स्नातकदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने सूचना उल्लेख गरिएको छ ।
इच्छुक उम्मेदवारले कम्पनीको आधिकारिक इमेल मार्फत आवश्यक कागजात समावेश गरी आवेदन दिन सकिने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख गरिएको छ ।
विस्तृतमा हेर्नुहोस्