काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस ५ गते (आज) शुक्रवार बिहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश घोषणा गरेको हो । गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई लाभांश वितरण गरिनेछ ।







