काठमाडौं। सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यससँगै कम्पनीले सेयरधनीलाई कुल ५.२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
सञ्चालक समितिबाट प्रस्ताव गरिएको उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ। हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ।







