काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले हालै देशव्यापी रुपमा भएको अविरल वर्षाले बीमा गरिएका सम्पत्तिको क्षति भएमा शीघ्र दावी गर्न बीमितलाई आग्रह गरेको छ । कम्पनीले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै सानिमा जिआइसी इन्स्योरेन्समा बीमा रहेका सम्पत्तिहरुमा भएको क्षतिको दावी निवेदन दिन आग्रह गरेको हो ।

उक्त प्रयोजनको लागि कम्पनीले सरल र सहज रुपमा बीमा दावी भुक्तानी गर्ने उद्देश्यले दुई जना कर्मचारीहरुको सम्पर्क नम्बर समेत सार्वजनिक गरेको छ । कम्पनीमा बीमा दावी परेका बीमितहरुले कर्मचारीहरु विजय पोखरेललाई फोन नम्बर ९८०२३७१५०७ र निरज पौडेललाई ९८०२३ ३७०२७ मा फोन सम्पर्क गर्न कम्पनीले आग्रह गरेको हो ।