काठमाडौँ। सानिमा जिआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।  गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश  घोषणा गरेको हो।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समिति बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई वितरण गरिने भएको छ ।