काठमाडौं । म्युचुअल फन्डहरूसहित नेप्सेमा सूचीकृत ३ दर्जन बढी कम्पनीले आफ्ना सेयर धनीहरूको लागि लाभांशको घोषणा गरेका छन् ।
नेप्सेमा सुचीकृत भएका २ सय ४५ कम्पनीहरूमध्ये गत वर्ष आर्जन गरेको नाफाबाट म्युचुअल फन्डहरूसहित सूचीकृत भएकासहित करीव ३ दर्जन कम्पनीहरुले लाभांशको घोषणा गरेका छन् ।
हालसम्म नेप्सेमा सुचीकृत २३ म्युचुअल फन्डहरूले लाभांश घोषणा गरेकोमध्ये मध्ये २० वटा भन्दा बढी कम्पनीले भने बुक नै क्लोज गरिसकेका छन् ।
म्युचुअल फन्डहरूमध्ये सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा सानिमा इक्विटी फन्ड रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट इकाई धनीलाई १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । यस्तै, एनआइसी एसिया सेलेक्ट ३० ले १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
वाणिज्य बैंकहरुमध्ये अहिलेसम्म एभरेष्ट बैंकले मात्रै गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले असोज २० गते वार्षिक साधारण सभा आयोजना गरी उक्त लाभांश पारित गर्ने र असोज ८ गते बुक क्लोज गर्ने तयारी गरेको जनाएको छ ।
यसैगरी, हालसम्म ६ हाइड्रोपावर कम्पनीले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये सबैभन्दा धेरै लाभांश भगवती हाइड्रोपावरले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस र १०.७३ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।
यस्तै कामना सेवा विकास बैंक, गुरासँ लघुवित्त, ओरियन्टल होटेल, हाथवे इन्भेष्मेन्ट, नेपाल ल्यूब आयलले पनि गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । भने, सानिमा रिलायन्स लाइफ र महालक्ष्मी लाइफ इन्सुरेन्सले भने अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।
विस्तृतमा हेर्नुहोस्