काठमाडौँ। अविरल वर्षाका कारण काठमाडौँको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा एक जना महिला, २ जना पुरुष र एक जना बच्चा छन्। आज बिहान करिब ९ बजेको समयमा खोलाले बगाएर बेपत्ता बनाएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबारदेखि परेको अविरल वर्षाको कारण देशभरका जनजिवन प्रभावित हुनुको साथै ४० भन्दा बढी स्थानमा सडक अवरुद्ध भएको छ ।