काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गरेको छ ।
प्राधिकरणका अनुसार पुँजि वृद्धि गर्नका लागि १ वर्षको समय थप गरिएको हो । पुजीँ बृद्धि गर्नका लागि माघ महिनासम्म समय तोकिएकोमा दुबै बीमा कम्पनीले पुँजी थप गर्न कुनैपनि काम अघि नबढाएपछि समय थपिएको प्राधिकरण स्रोतले जनाएको छ ।
गत वर्ष २०८१ माघ मसान्तसम्म २०–२० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन प्राधिकरणले भनेको थियो । दुबै कम्पनीले क्यापिटल प्लान पेश गरिसकेका छन् ।