काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सूर्यज्योति लाइफ इन्सुरेन्सले २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनी आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको छ ।

गत वर्षको सोही अवधिमा इन्सुरेन्सले २२ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको नाफाको तुलनामा यो नाफा ३१.९० प्रतिशतले धेरै हो। यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ।

मर्जरपछि बनेको सूर्यज्योति लाइफले २ वर्ष मै दियो ५५ % लाभांश,अधिकांश सुचकमा मार्यो फड्को

साथै, यस अवधिमा खुद बिमा शुल्क आर्जन १७.८५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३९ अर्ब ४५ करोड रुपैयाँ भन्दा धेरै छ। चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४२ करोड १९ लाख रुपैयाँ रहेको छ।

कम्पनीको कुल खर्च पनि ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ९१ करोड रुपैयाँ नाघेको छ। चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३९ करोड रुपैयाँ र जगेडा कोषमा ४२ करोड रुपैयाँ सञ्चिति रहेको छ। भने कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा रहेको छ।