काठमाडौं। अमेरिकी अर्थ मन्त्रालयले इरान, टर्की र यूएईसँग सम्बन्धित १४ जना व्यक्ति, विभिन्न कम्पनी तथा एक विमानमाथि प्रतिबन्ध घोषणा गरेको छ।
ती व्यक्ति र संस्थाहरू इरान सरकारका लागि हतियार तथा त्यसका आवश्यक पार्ट–पुर्जा किन्ने र आपूर्ति गर्ने कार्यमा संलग्न रहेको आरोप लगाइएको छ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याउने घोषणा गर्नु अघि नै यो कदम चालिएको हो।
समाचारमा उल्लेख भएअनुसार पछिल्लो प्रतिबन्धमार्फत अमेरिकाले इरानी शासनमाथि आर्थिक दबाब कायम राख्ने रणनीति अघि बढाएको देखिन्छ।







