काठमाडौं । कालंगा हाईड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) खुला गर्ने घोषणा गरेको छ। कम्पनीले कुल २८ लाख ७० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो। यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर जारी गरी बाँडफाँड गरिसकेको छ। अब दोस्रो चरणअन्तर्गत सर्वसाधारण लगानीकर्तालाई आवेदन दिने अवसर प्रदान गर्न लागिएको हो। यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बिक्री प्रक्रिया छिटोमा जेठ १३ गतेसम्म रहनेछ भने आवश्यक परेमा जेठ २२ गतेसम्म लम्बिन सक्नेछ। कम्पनीले प्राप्त गरेको ‘केयर एनपी डबल बी...

छुटाउनुभयो कि ?