काठमाडौं। याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले यसअघि स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारणलाई सेयर जारी गरेको हो।यस चरणमा कम्पनीले ७ करोड ४३ लाख रुपैयाँ बराबरका १७ लाख ४३ हजार कित्ता साधारण सेयर सार्वजनिक गरेको छ। उक्त आईपीओमा बैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ, तर आवश्यक परेमा अवधि बैशाख ३० गतेसम्म लम्ब्याउन सकिने व्यवस्था गरिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन पाउनेछन्।पहिलो चरणमा कम्पनीले ७ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई, २ लाख १० हजार कित्ता...

छुटाउनुभयो कि ?