काठमाडौं । सेयर बजारमा आज गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २६.१६ अंकले घटेर २७७०.२६ अंकमा कायम भएको छ ।कुल १ करोड ४० लाख १८ हजार कित्ता सेयर ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ ।आजको कारोबारमा ४२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २१३ कम्पनीको मूल्य घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।कारोबार रकमका आधारमा पाल्पा सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।त्यसैगरी, रिलायन्स स्पिनिङ मिल्सको ३४ करोड ६८ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड २८ लाख, सोलु हाइड्रोपावरको २८...


