काठमाडौँ। नेपाल सरकारका निजामती कर्मचारीहरुले शेयर बजारमा कारोबार गर्न पाउने भएका छन् ।
सोमबार संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ अनुसार बहालवाला कर्मचारीहरूलाई शेयर खरिदबिक्री गर्न अनुमति प्रदान गरेको छ ।
निजामती कर्मचारीले खुल्ला बजारबाट सेयर खरिद गर्न र आधारभूत सेयरधनी नहुनेगरी १ प्रतिशत भन्दा कम सेयर खरिद गर्न सकिने व्यवस्था उक्त विधेयकमा गरिएको छ ।







