काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को अवसरमा कामना सेवा विकास बैंकले वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउने अर्गनाईजेशन आफ इकोनोमिक को अपरेशन एण्ड डेभलपमेण्ट को संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म मनाउने गरिन्छ । उक्त सप्ताहको अवसरमा बैंकले विभिन्न साक्षरता कार्यक्रम आयोजना गरिरहेको छ ।

कामना सेवा विकास बैंकले गोलबजार नगरपालिका, सप्तरीका सरकारी कर्मचारीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । बैंकका मधेश प्रदेशको प्रमुख दिमश अमात्यको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका उपमेयर मान्ती शाह, नगरपालिकाका १३ वडा कार्यालयका अध्यक्ष प्रतिनिधिहरु, वडाध्यक्षहरु, विभिन्न पदाधिकारीहरु तथा सरकारी कर्मचारीहरुको उपस्थिती थियो । कार्यक्रममा बैंकको लहान शाखा प्रमुख प्रकाश घिमिरेले प्रस्तुतिकरण गरेका थिए ।

जनप्रतिनिधि तथा कर्मचारीहरुलाई बैंकङ्ग सुविधा, बचत, ऋण तथा विभिन्न किसिमका डिजिटल कारोवारको जानकारी होस् भन्ने हेतुले कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा गोलबजार नगरपालिकासँग सम्बन्धित ६० जना भन्दा बढी महानुभावहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा वोल्दै नगरपालिकाका उपमेयर शाहले बैंकहरुले यस्ता वित्तीय साक्षरता कार्यक्रम गर्नाले बचत, ऋण तथा बैंकिङ कारोवारको बारेमा थप जानकारी प्राप्त गर्न सकेकोले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

हाल बैंकले आफ्ना १ सय ३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत् आफ्नो अत्याधुनिक सेवा दिँदै आएको छ ।