काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन सुन–चाँदीको मूल्य आज स्थिर रहेको छ ।
यस अगाडीको कारोबारका दिन शुक्रवार मूल्य बढेर नयाँ इतिहास कायम गर्दै १ लाख ३० हजार रुपैयाँ पुगेको थियो । उक्त मूल्यमा आज स्थिर रहेको हो ।
आज प्रतितोला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
साथै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १५ सय २५ रुपैयाँ कायम भएको छ ।







