काठमाडौँ । आर्थिक वर्ष २०८१- ८२ को बजेट प्रस्तुत गर्न अर्थमन्त्री वर्षमान पुन हौसिएका छन् । उनी बजेटको फेरिएको बजेट पुस्तिका रहेको ब्रिफकेससहित मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन् ।

सामान्यतया यसअघिका अर्थमन्त्रीहरूले बजेटका लागि खैरो र कालो रङको छालाको ब्रिफकेस प्रयोग गर्दै आएका थिए भने मन्त्री पुनले बजेट ब्रिफकेस सेतो रङमा ढाकाको कपडा मिश्रित रहेको छ ।

मन्त्रिपरिषद्ले बजेट स्वीकृत गरेसँगै संसद्को संयुक्त सदनमा अर्थमन्त्रीले बजेट भाषण गर्नेछन् ।